गलकाेट नगरपालिका १० पाण्डवखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमी बाेर्डिङ स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विदेशमा हरेक पनि गाउँमा हुने रहेक विकास संगै विद्यालयमा सहयोग पुर्याउँदै आइरहेकाे भन्दै जापान समाज पाण्डवखानीका प्रतिनिधि तथा गलकाेट समाज जापानका सदस्य झमु छन्त्याललाइ विद्यालयले सम्मान गरेकाे हाे । छन्त्यालले विद्यालयलाई ५ हजार प्रदान गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धा संगै गाउँमा निजी विद्यालय सञ्चालनमा जाेखिम र चुनाैती रहेकाे बताए ।
कार्यक्रममा गलकाेट नगर सभा सदस्य रामप्रसाद वि.क विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पत्रकार सुरेश छन्त्याल, अभिभावक संघका अध्यक्ष देवनारायण श्रीस, शिक्षक खिम काउचा लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन विद्यालयका फिम्सिपल तारा काउचाले गर्नु भएको थियाे ।