बागलुङ
बागलुङकी लाेक दाेहाेरी गायिका चुनमाया श्रीस (सबिना)ले साँस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० मार्फत (दोहोरी साझ) गायिका बिधाबाट अवार्ड जित्न सफल भएकी छिन् ।
२०४४ साल ०६ महिना २२ गते बाग्लुङ जिल्लाको दक्षिण भेग जैमुनी नगरपालिका वार्ड नं ८ छिस्तीको केवैखानीकी माता डिला श्रीस थापा र पिता सुर्य बाहादुर श्रीसका ५ सन्तान मध्ये जन्मिएकि साइली सुपुत्री श्रीस हुन्। झण्डै एक दशक बढि दोहोरी साझमा गायिकाको भूमिकामा संघर्ष गरेकी श्रीस ले ४ वटा एल्बममा आफ्नो स्वर शब्द भरेकी छिन्। उनको पहिलो एल्बम (हजार खुशी) लोक दोहोरी गित थियो। निश्चल दवाडी सङ्ग सहकार्य गरेकी श्रीसले भन्छिन्। मेरा एल्बम हरु गन्दा हातको औलामै अटाउछन। मेरो उद्देश्य कलाकार बन्नु थिएना तर जिवनमा राम्रो शिक्षा हासिल गरेर सानोतिनो भएपनी जागिरे बन्ने रहर थियो ।
बाग्लुङको दुर्गममा सामान्य परिवारमा जन्मिएकी म अझै भन्नू पर्दा मगर समुदाय मा छोरीले पढ्नु हुदैन भन्ने सोच थियो र घरको आर्थिक स्तरमा बिपन्न भएकै कारण पढ्न सकिन त्यसपछी मेरो जिवन को लक्ष्यनै मोडियो पढाई नभएपछि काम को खोजीमा पोखरा आइपुगे पोखरामा बस्दा बस्दै साङ्गितिक क्षेत्रमा मोह बढ्यो दोहोरि गाउन सिक्ने शिलशिलामा पोखराको चिप्लेढुङ्गा स्थित दौँतरी दोहोरी साझमा पुगे। करिब दुई बर्षको सिकाइ पछि फेवा दोहोरी साझ पोखराकै उत्कृष्ट दोहोरी साझ मानिने निरमाया दोहोरी साझमा करिब ४ बर्ष र रुपाहिल दोहोरी साझ मा ४ बर्ष गरिसकेपछी एक दशकको दोहोरी साझको दौडान पछि साङ्गितिक क्षेत्रमा केही उन्नतिको आशा लिएर राजधानी आइ पुगेकी श्रीसले नेपाली दोहोरी मा कार्यरत भएको एक बर्ष बढी भयो।
गित सङ्गीत मा अगाडी आउनका लागि पनि अलिकती पहुच चाइने रहेछ कि त आफ्नो मान्छे हुनु पर्ने रहेछ दोहोरी साझ का कलाकार लाई मान्छे हरुले हेर्ने दृष्टि नै फरक हुने गर्छ तर दोहोरी साझ को मेरो पारिश्रम ले म आफ्नो परिवार धानेको उनी बताउछिन् दोहोरी साझकै यात्राबाट भएपनी साङ्गितिक क्षेत्रमा उनि सक्रिय रहेकी छन। आफ्नो एक दशक को संघर्ष पछि मात्रै आज यो मेरो जीवन को पहिलो उपाधी अवार्ड जित्ने अवसर पाउँदा अत्यन्तै हर्षित छु। मेरो कला र क्षमता को कदर गरि यो पुरस्कार को योग्य ठानेर पुरस्कृत गरिदिएकोमा आयोजक सस्था उपमा सञ्चार प्रा.लि प्रती आभारी छु कार्यक्रम का अध्यक्ष आशा गौतम लाई बिशेष धन्यवाद यो विशेष कार्यक्रम मार्फत मपनी कलाकार हु भन्ने आभास दिनु भएकोमा धन्यवाद दिइन। पौष ८ गते काठमाण्डौ स्थित चलचित्र बिकास बोर्ड को सभाहल मा सास्कृतिक राष्ट्रिय सङ्गीत अवार्ड २०८० को अवार्ड बितरण कार्यक्रम राखिएको थियो।
श्रीस बहुचर्चित नाम कमाउन नसकेपनी साङ्गितिक क्षेत्रमा संघर्ष ले निखारिएकी एक प्रतिभावान कलाकार हुन। भन्छिन पब्लिक सामु चर्चा कमाउन नसकेता पनि मैले गित सङ्गीत र यो क्षेत्र लाई बिट मार्न भने पटक्कै सक्दिन। आशा छ कुनै न कुनै दिन पक्कै सफल हुन्छु भन्ने लाग्छ जीवन रहे सम्म गित सङ्गीत मा अझै कस्सिएर लाग्ने छु।
उपमा सञ्चार प्रा.लि द्वारा आयोजना गरिएको सास्कृतिक राष्ट्रिय सङ्गीत अवार्ड २०८० का प्रमुख अतिथी संघिय सांसद राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय गणेश तिमल्सिना ज्यु ले कलाकार हरु देश का महत्वपूर्ण अंग हुन यिनलाई राज्य ले संरक्षण गर्नु पर्ने बताए। यस्ता अवार्ड र सम्मान कार्यक्रम गर्नाले अग्रज लाई सम्मान र नव कलाकार लाई प्रोत्साहन, हौसला र उर्जा थपिने हुनाले यस्ता कार्यक्रम हरु गर्न आवश्यक्ता बताउदै आयोजक सस्था र अध्यक्ष आशा गौतम लाई धन्यवाद दिए।
कार्यक्रम लाई प्रभावकारी बनाउन का निम्ति बिशिस्ट अतिथी मा शसस्त्र प्रहरी बल का ए.आइ.जि चन्द्र प्रकाश गौतम ज्यु बरिस्ठ गायक इन्द्र जिसि ले निर्णायक को भुमिका निभाउनु भएको थियो कार्यक्रम संचालन सुवास महत ले गर्नु भएको थियो स्वागत मन्तव्य संयोजक हुम गैरे र शुभकामना मन्तव्य अमृत खाती ज्यु ले गर्नु भएको थियो। राजा राजेन्द्र पौडेल ले उध्घोषक को भुमिका निभाउनु भएको थियो अतिथि कलाकार का रुपमा उपस्थित भएका बहुचर्चित कलाकार हरु अप्रत्याशीक रुपमा सम्मानित हुँदा हर्षित भएका थिए दशक कलाकार सम्मान मा मौलिक गित का बाद्शाहा खड्ग गर्बुजा, लोक स्वर सम्राट राजु परियार, बिष्णु खत्री, बि.बि अनुरागी, कस्तुप पन्त, राजु ढकाल, खुमन अधिकारी, बिनायक तामाङ, हुम गैरे दशक पत्रकार सम्मान तर्फ जीवन पराजुली, अनिल आघात, प्रकाश बराइली, बिक्रम शुनार सम्मानित हुनु भएको थियो यस्ता यस्ता बरिस्ठ प्रसिद्ध कलाकार हरु सम्मानित हुँदै गरेको कार्यक्रम मा आफू पनि अवार्ड बिजेता हुन पाउँदा आफुले आफुलाइ भाग्यमानी ठानेकि छु।
अतिथि कलाकार का रुपमा बहुचर्चित गायक श्रष्ठा विभिन्न संघ सस्था का प्रतिनिधि हरु को बाक्लो उपस्थिति थियो। अध्यक्ष आशा गौतम ज्यु प्रती खै कुन शब्द ले प्रसंसा गरु जहाँ कि एउटा छोरी मान्छे भएर पनि यस्तो बिशाल कार्यक्रम गरि अग्रज देखि अनुज सम्म का कलाकार लाई सम्मान गर्न सफल हुनु भयो। हो धौलागिरी मा पनि यस्तो शाहसी चेलि को जन्म भएको रहेछ हामी धौलागिरीबासी लाई यो भन्दा गर्व को कुरा के हुन सक्छ एकपटक त्यो धौलागिरी को माटो लाई सम्मान गर्न चाहान्छु अध्यक्ष ज्यु को शाहस लाई म सल्युट गर्छु मैले अवार्ड जित्नु भन्दा पनि अध्यक्ष ज्यु को यो सफलतामा गर्वले छाती चौडा भएको छ आफू सङ्ग्सङ्गै हुर्किएको बहिनी ले यस्तो प्रगती गरेको देख्दा र लुकेका प्रतिभा लाई खोज्ने अभियान मा हामी जस्तो हराएका ब्यक्ती लाई यो स्थान दिदा खुशी ले मन भकानिएर स्टेज मै आँखा बाट आँसु झरेको थाहै भएन उमेर ले आफू भन्दा सानो बहिनि ले यस्तो शाहस गरेर कैयौं ओझेलमा परेको कलाकार लाई खोजी खोजी सम्मान गर्नु भयो म र म जस्ता कलाकार को लागि एउटा दरिलो खम्बा बनिदिनु भयो फेरि पनि यस्तै सफलता र खुशी को पर्खाइमा छु।
आशा छ आगामी दिनमा पनि पक्कै यस्तै कार्यक्रम हरु गरेर ओझेलमा परेका कलाकार हरुलाइ समेटी प्रोत्साहन र हौसला दिनु हुनेछ। प्रथम कार्यक्रम नै यस्तो प्रशम्सनिय बन्यो उपस्थित सबैले अध्यक्ष ज्यु लाई बधाई साथै आगामी कार्यक्रम का लागि शुभकामना दिए।