पाण्डबखानीका विभिन्न विद्यालयमा श्रीपञ्चमी सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ। गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको न्यु घुम्टे एजुकेशनल एकेडेमीको आयोजनामा श्रीपञ्चमी सरस्वती पुजाको अवसरमा अक्षराम्भ तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिकन अध्यक्ष रुद्रबहादुर काउचाको अध्यक्षता गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाको प्रमुख आथितियता शिक्षिका तुलकमारी घर्तिको स्वागत संगै विद्यालयका कार्यक्रमको संचालन फिन्सिपल तारा काउचाले गर्नु भएको थियो । त्यस्तै पाण्डबखानी माद्यामिक विद्यालय, नव ज्योति प्रावि, र फुर्से प्रावि मा पनि श्रीपञ्चमी सरस्वती पुजाको अवसरमा विभिन्न कार्यक्रम भएको थियो ।