नेपाली काग्रेस निकट नेपाल लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघकाे प्रथम अधिवेशन शनिबार बजारमा सम्पन्न भएको छ।
खिम बहादुर पुनकाे अध्यक्षता भएको अधिवेशन कार्यक्रममा बाेल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य किरण पाैड्यालले धर्म आस्था र महासंघ संविधानकाे रक्षक हाे भन्दै अब पार्टीले चित्रफनदेखाएर काम गर्नु पर्ने, ईमानदारीता देखाउन र क्रियासिल सदस्यहरुलाइ थप बलियाे बनाउन र बन्न आग्रह गर्नु भएको थियाे। त्यस्तै नेपाली काग्रेस जिल्ला सभापति जित सेर्चनले नेपाली काग्रेस लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेरुदण्ड रहेकाे भन्दै अब निरन्तर चलाएमान बनाउन जाेड् दिदै लाेकतान्त्रीकका लागि लखन थापा जस्ता सहित हुनु भएका ग्यात अग्याद प्रति समवेदना पर्कत गर्नु भएको थियाे।
पुन: खिम पुनकाे अध्यक्षतामा १५ जना सदस्य रहने गरि जिल्ला कार्य समिति गठन गरिएको छ। कृष्ण शंकर श्रेष्ठकाे स्वागत संगै सागर घर्तिकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।