शिवरात्री, देशका विभिन्न स्थानमा अवस्थित शिवालयहरुमा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ।
महाशिवरात्रिको अवशरमा यहाँ भगवान शिवसंग जोडिएका केहि प्रसङ्ग उल्लेख गरिनु सान्दर्भिक हुन्छ र भगवान शिव जति रहस्यमयी छन् , उनको भेश (भुषा र उनसंग जोडिएका तथ्य पनि उत्तिकै विचित्र छ । शिव श्मशानमा निवास गर्छन , गलामा नागको माला लगाउछन् , बीष भांग धतूरो खान्छन् ्र यस्ता अनेकौ रोचक तथ्य उनी संग जोडिएको छ ्रभगवान शिवलाई परिवार का देवता मानिन्छ्र तर पनि उनी श्मशानमा वास गर्छन । भगवान शिव सांसारिक भएर पनि श्मशानमा वास बस्नुको पछि जीवन ब्यबस्थापनको एक एक गूढ़ रहस्य छ। संसार मोह (मायाको प्रतीक हो जबकि श्मशान वैराग्यको । भगवान शिव भन्छन कि संसारमा रहेर आफ्नो कर्तव्य पूरा गर तर मोह(मायाबाट टाढा रहु । किनकि यो संसार त नश्वर छ । एक न एक दिन सबै नष्ट हुने वाला छ । यसैले संसारमा रहेर पनि माया मोहमा नफस, वैराग्य जीवन यापन गर शिवलाई संहारका देवता भनिएको छ । अर्थात जब मनुष्य आफ्नो सबै मर्यादाहरुलाई तोड़न थाल्छ तब शिवले उसको संहार गरिदिन्छन्। आफ्नो पाप कर्मको फल भोग्न बाँकी भएको मानिसले प्रेतयोनि प्राप्त गर्दछ। यसैले शिवलाई भूत(प्रेतहरुको देवता पनि भनिन्छ । वास्तबमा यो भूत(प्रेत केहि होइन सूक्ष्म शरीरको प्रतीक मात्र हो ।
भगवान शिवको संदेश भनेको संसारका जति जीवहरु छन् जसलाई सबैले घृणा गर्छन् वा उनीहरु संग डराउनछन् ती सबै जीवहरुलाई शिव जी ले सामिप्यता दिन्छन् । उनीहरुले पनि आफ्नो शर्वास्व शिवमा समर्पित गरिदिन्छन् भगवान शिव जति रहस्यमयी छन् , उनका वस्त्र र आभूषण पनि उतिनै विचित्र छन् । सांसारिक मानिस जोसंग टाढा हुन्छन् भगवान शिव उसलाई नै आफ्नो साथमा राख्छन् । भगवान शिव एकमात्र यस्तो देवता हुन् जो गलामा नाग धारण गर्दछन् । हेर्दा खेरि नाग एकदम खतरनाक प्राणी हो , तर उसले बिना कारण कसैलाई पनि डस्दैन । नाग पारिस्थितिक तंत्र को महत्वपूर्ण जीव हो । जान (अंजानमा मनुष्यलाई सहायता नै गर्दछ । कोहि मानिस डराएर वा आफ्नो स्वार्थको लागि नागलाई मारिदिन्छन्।
जीवन व्यबस्थापनको दृष्टिकोणबाट हेर्नेहो भने भगवान शिव नागलाई गलामा धारण गरेर यो संदेश दिन्छन कि जीवन चक्रमा हर प्राणीको आफ्नो विशेष योगदान छ। यसैले बिना कारण कुनै पनि प्राणीलाई हत्या न गरौ । शिवरात्री वास्तवमा संसारलाई सादा जीवन उच्च विचारमा विश्वास गर्न सन्देश प्रवाह गर्ने दिन हो।भगवान शिवको भेष भुषा पहिरनको अर्थ सबै प्राणीलाई माया गर्ने संसार नश्वर छ र यहाँ कसैले पनि केही लिएर आएको हुदैन र केही पनि लिएर जान सक्दैन भन्ने सन्देश हो ।हाम्रो सँस्कृति हाम्रो गौरब हो यसलाई समय सान्दर्भिक बनाएर संरक्षण गरौं । भगवान शिवको आराधनाको नाममा लागुपदार्थ सेवन नगरौं ।
“सत्यम् शिवम् सुन्दरम् ” को महत्व बुझौं।
जय शम्भो