गलकाेट नगरपालिका १०पाण्डबखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
जापान समाज पाण्डबखानीका प्रतिनिधि पदम श्रीस, अस्ट्रेलियाबाट आउनु भएका रविन काउचा र पाण्डबखानी समाज कतारका सचिव प्रकाश भित्रकाेटी लाइ स्वागत तथा सम्मान गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको कार्यक्रममा स्कुलले केहि वर्षदेखि सुरुवात गरेकाे देश तथा विदेशदेखि गाउँकाे लागि रहेक क्षेत्रहरुमा सहयोग याेग्दान गर्दै आइरहेकाे व्यक्तित्व वा संघ संस्थालाइ यसरी नै स्वागत गर्दे आइरहेकाे संगै भावी याेजना बारे शिक्षक खिम काउचाले जानकारी गराउनु भएको थियाे। यसैबीच पाण्डबखानी समाज कतारका सचिव प्रकाश भित्रकाेटीले ५० हजार, अस्ट्रेलियामा कार्यरत रविन काउचाले १५ हजार र पाण्डबखानी समाज जापानका प्रतिनिधि पदम श्रीसले ८ हजार सहयोग गर्नु भएको छ। शिक्षक अभिभावक समितिका अध्यक्ष देवनारायण श्रीसकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संचालन पिन्सिपल तारा काउचाले गर्नु भएको थियाे ।