गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा रहेकाे न्यू घुम्टे एजुकेशनल एकेडेमी बोर्डिङ स्कुलमा वार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ ।
कार्यक्रमको अवसरमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै सम्पूर्ण विद्यार्थीलाई आगामी शैक्षिक सफलताको लागि शुभकामना व्यक्त गरिएको थियो । त्यस्तै विद्यालयमा सञ्चालन गरिएका विभिन्न कार्यक्रममा सहभागी भई विजयी हाँसिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
सो अवसरमा शैक्षिक सत्र २०८१ को लागि कक्षा प्ले ग्रुपदेखि कक्षा ५ सम्म चैत्र २६ गते देखि भर्ना खुल्ला भएको विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, बालमैत्री सहजकर्ता, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य दिप घर्तिको अध्यक्षता र प्रिन्सिपल तारा काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।