गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा नयाँ वर्षको अवसरमा फ्रेण्ड सिप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको भुतपुर्व हवल्दार बल बहादुर श्रीसले संयोजन गर्नुभएको थियो । १२ टिमको सहभागिता रहेको प्रतियोगितामा महिलातर्फ रुनमाया पुनको समुह प्रथम, सविता पुनको समुह द्धितिय, पुरुषतर्फ भिम सुनारको समुह प्रथम, कोपिल काउचाको समुह द्धितिय भएका छन् । त्यस्तै उत्कृष्ट खेलाडीतर्फ पार्वती पुन र देवनारायण श्रीस छनोट हुनुभएको छ ।
कार्यक्रम दल बहादुर काउचाको अध्यक्षता, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको प्रमुख आतिथ्यता र गिरी प्रसाद थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।