गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा क्षयरोग मुक्त अभियान वडा स्तरीय समितिको २ दिने अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ ।
गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पाण्डवखानीमा क्षयरोग मुक्त अभियान वडा स्तरीय समितिको २ दिने अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सुरु भएको हो ।
विद्यालय व्यवस्थापन समिति, टोल विकास संस्था, स्वास्थ्य कर्मी स्वयमसेविकाको सहभागिता रहेको कार्यक्रमको स्वास्थ्यकर्मी मनिक राजभण्डारी र जिवन नेपालीले क्षयरोग भनेको के हो ? सर्ने माध्यम, जोखिम, लक्षण लगायतका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरकार्यपालिका सदस्य रामप्रसाद विकको अध्यक्षता, गलकोट नगरपालिकाका नर्सिङ निरिक्षक रिमा बस्यालको स्वागत, पाण्डवखानी स्वास्थ्य चौकीको प्रमुख रत्ना सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।