घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको ३८ औं वार्षिकोत्सव तथा वैशाख पूर्णिमा मेला सम्पन्न भएको छ ।
गत जेठ ७ गतेबाट सुरु भएको प्रतियोगिता आज विविध खेलकुद कार्यक्रमको विच सम्पन्न भएको हो ।
आज सम्पन्न भएको पुरुष भलिबल प्रतियोगितामा आयोजक रातो प्रथम, संगम युवा क्लव द्धितीय भएका छन् । त्यस्तै महिला भलिबल प्रतियोगितामा बडिगाड गाउँपालिका ८ रणसिंह किटेनी प्रथम र जैमिानी नगरपालिका द्धितीय, प्रौढ पुरुष भलिबल प्रतियोगितामा म्गाग्दी प्रथम र आयोजक द्धितीय भएको क्लवका खेल संयोजक मोहन शेरचनले जानकारी दिनुभयो ।
त्यस्तै आज सम्पन्न भएको ब्याड्मिन्टन प्रतियोगितामा शान्तिपुर प्रथम र हटिया द्धितीय, नृत्य प्रतियोगितामा द रिदमिक डान्स एकेडेमी प्रथम, द न्यू डिभाफज टुनिभोट द्धितीय र न्यू लाईफ सेकेन्डरी स्कुल तृतीय भएको क्ल्वले जनाएको छ ।
कार्यक्रम घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष प्रकाश पुनको अध्यक्षता र सचिव दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।