कार्यक्रममा बोल्दै गलकोट नगर कार्यपालिका सदस्य रामप्रसाद बिक ले विद्यार्थी जीवनमा मिहिनेत, लगनशिलता र धैर्यताको अत्यन्तै आवश्यकता रहेको बताउदै शिक्षकहरुले विद्यार्थीलाई गर्ने व्यवहार बदल्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा २०८१ सालको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरि प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरी अभिभावकसँग अन्तरक्रिया गरिएको थियो । कार्यक्रम न्यु घुम्टे एजुकेसनल एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाको अध्यक्षता र शिक्षक तारा काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।