गलकाेट नगरपालिका १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ।
गलकाेट नगरपालिका १० काे वडा कार्यालय, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च, घुम्टे खबर डटकम, सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. र नेपाली काग्रे गाउँ कार्य समितिले संयुक्तरुपमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।
सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष, नेपाली काग्रेस क्षेत्रीय प्रधिनिति, तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका पुर्व सचिव ज्ञानबहादुर श्रीसका बुवा थमबहादुर श्रीसकाे ७१ वर्षकाे उमेरमा यहि असार १६ गते असामायिक निधन भएको थियाे।उहाँको निधनप्रति गहिराे समवेदना प्रर्कट गर्दै वडा अध्यक्ष भक्त बहादुर काउचाले उहाँको याेग्दान सम्झिदै समग्र सिंगाे पाण्डबखानीलाइ क्षति भएको बताउनु भयाे।