गुल्मी जिल्लाकाे तल्लोपाटमा टिप्पर र जिप थाेकिएकाे छ। गलकाेट हटियादेखि बुटवल जाँदै गरेकाे लु१ ज ४३८७ नम्बरकाे जिपले काेपिलबस्तुदेखि आउदै गरेकाे लु२ ख४२११नम्बरको टिप्परलाई ठक्कर दिदा जिपमा सवार १ महिला र जिप चालककाे हातखुट्टा र टाउकोमा चाेट देखिएकाे र उपचारको लागि १ महिलालाई पाल्पा अस्पतालमा रिफर गरेको र जिपकाे अगाडि भाग र टिप्परकाे ट्याङ्कीमा पुर्णरुपमा क्षति भएको ट्राफिक सुनिल थापाले जानकारी गराउनु भयाे।