गलकाेट नगरपालिका ११ रिघामा आजदेखि फुटबल प्रतियाेतिता सुचारु भएको छ। धर्म पोखरी युवा समाज रिघाको आयोजना, प्रगतिशील आमासमुह र कालिका माई थुम्की रिघाकाे सहआयाेजनामा महिलाहरुको हरितालिका तीजको अवसर पारेर आजदेखि भदाै २२ गते सम्म संचालन हुने खुल्ला फुटबल प्रतियोगितामा १५ टिमकाे नाम दर्ता रहेकाे क्लबले जनाएकाे छ।
साथमा तीज नृत्य प्रतियोगिता तथा विविध कार्यक्रमकाे उद्घाटन गर्दै गलकाेट नगरपालिका ११ का वडा सदस्य तेजिन्द्र पुनले पछिल्लो समयमा प्राय युवाहरु वैदेशिक राेजगारका लागि विदेश जाने रहर चलेकाे समयमा धर्म पोखरी युवा समाज रिघाको आयोजना आयाेजित कार्यक्रममा १५ टिमकाे सहभागी रहनु भनेकाे युवाहरुले खेल प्रति जागरुक देखाएकाे भन्दै सबैटिमलाइ सफलताको शुभकामना समेत दिनु भएको थियाे।
कल्बका अध्यक्ष सुमन घर्तिकाे अध्यक्षता प्रगतिशील आमासमुह रिघाकी अध्यक्ष जमुना श्रीसकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन साजन बस्यालले गर्नु भएको थियाे।