गलकाेट नगरपालिका ११ रिघामा तिज नृत्य प्रतियोगिता एवम् विविध कार्यक्रम सम्पन्न भएको छ।
धर्म पाेखरी युवा समाज, ठुलो रिघा द्धारा महिलाहरुकाे महान चार्ड हरितालिका तिजकाे पावन अवरमा आयाेजित खुल्ला फुटबल, तिज नृत्य प्रतियोगिता एवम् विविध कार्यक्रम सम्पन्न भएको छ। जसमा खुल्ला फुटबल प्रतियोगितामा आयाेजक टिम a प्रथम, आयाेजक टिम b उपविजेता भएका छन् , लाेक नृत्य प्रतियोगितामा प्रथम हटिया डान्स ग्रुप,,दाेस्राे धर्म पाेखरी समाज, तेस्राे सम्बुद्ध गलकाेट भएकाछन्। त्यस्तै महिला रस्साकस्सी प्रतियोगितामा प्रथम धर्मपाेखरी आमासमुह, र दाेस्राे प्रगतिशिल आमासमुह a भएका छन् ।
कल्बका अध्यक्ष सुमन घर्तिकाे अध्यक्षता उद्योग वानिज्य संघ गलकाेटका अध्यक्ष विरेन्द्र श्रेष्ठकाे प्रमुख आथितियता प्रकृति श्रीसकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन साजन बस्याल र मनाेज पुनले गरेका थिए।