१८ औं रेविज दिवसकाे अवरसमा गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे कुकुरहरुलाइ रेविज विरुद्धकाे खाेप लगाइएको छ। पशु सेवा केन्द्र पाण्डबखानीका प्रमुख शिव आचार्यकाे नेतृत्वमा रमुवामा २५ कुकुर र पाण्डबखानीमा ३७ गरि ७२ कुकुरलाइ रेविज विरुद्धकाे खाेप लगाइएको र भाेलि गलकाेट नगरपालिका ११ रिघामा अभियान हुने प्रमुख आचार्यले जानकारी दिनु भयाे। त्यस्तै १८ औं रेविज दिवसकाे अवरसमा गलकाेट नगरपालिका ११ रिघामा कुकुर र विरालाेलाइ रेविज विरुद्धकाे खाेप लगाइएको छ। शिव आचार्यकाे नेतृत्वमा रमुवामा १८ कुकुर र १ विरालाे गरि १९ पशुलाइ रेविज विरुद्धकाे खाेप लगाइएको छ।