गलकोट नगरपालिका वडा नं ७ मल्ममा सवारी साधन दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
गलकोट नगरपालिका ३ हटिया बजारबाट पाण्डवखानी जाँदै गरेको ग १ च ९९६७ नम्बरको पिकअप जीप आज साँझ ६ः४५ बजेको समयमा उकालोमा ब्रेक नलागी चिप्लिन जाँदा दुर्घटना हुँदा २ जना घाइते हुनुभएको हो ।
पिकअप जीप दुर्घटना हुँदा गलकोट नगरपालिका १० पाण्डवखानीका २१ वर्षीय दिपेन सुनार र उहाँको १८ वर्षीय श्रीमती जमुना सुनार घाइते हुनुभएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
घाइते दिपेन सुनारको आँखा माथि र जमुना सुनारको टाउकोमा भित्री चोट देखा परेको जनाइएको छ । घाइतेहरुको अहिले इमरजेन्सी पोलिक्लिनिकमा उपचार भइरहेको छ । त्यस्तै चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
फाइल टेप

