गलकोट नगरपालिका वडा न १० पाण्डबखानी अन्तरगत पर्ने रमुवा टोलमा केन्द्रीय विद्युत बिस्तार संगै तारा खोला गाउँ पालिकामा कार्यरत प्राबिधिक पाण्डवखानीका उपज सुर्य थापाको सहजीकरणमा एकल महिला चित्रा कुमारी पुनको घरमा विजुली बत्तीको अभाव देखेर एकल घरमा समेत विद्युत प्राधिकरण बागलुङका प्रुमख स्वम पवन पौडेलको उपस्थितिमा १५ के विको ट्रान्सर्फमर जडान गरी विद्युत जडान गरिकाे छ । सबै जनसमुदायले विद्युत बाल्नु पर्छ भन्ने उदेश्यले स्वय आफै सहभागी भइ यश घरमा पनि बिद्युत जडान गरेकाे विद्युत प्राधिकरण बागलुङका प्रुमख पवन पौडेलको जानकारी दिनु भयाे। हालसम्म घरमा कुनै विजुली नबालि बसेकाे थिए ७५ वर्ष पुगे बल्ल आज मेराे घरमा बिजुली बाेल्याे घरमा विजुलि बलेपछि घरै उज्यालाे भयाे, दशैकाे मुखमा बल्ल दशै तिहार आए जस्ताे भयाे उनै ७५ वर्षिय चित्रा कुमारी पुनले आखाभरि आँसु लिदै यस्ताे भनिन् । उक्त घरको वायरिङ खर्च सरस्वती युवा क्लव रमुवाले बेहोर्ने क्लबका अध्यक्ष उदिम घर्तिले जानकारी गराउनु भएको छ।