नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल ४६ मतसहित निर्वाचित हुनुभएको छ ।
शुक्रवार अध्यक्षका उम्मेदवार भएको शाखाको निर्वाचनबाट प्रेस सेन्टर र प्रगतिशिल प्यालनबाट उम्मेदवार रहनुभएका थापाले प्रेस यूनियन र प्रेस चौतारीको प्यालनबाट उम्मेदवार बन्नुभएका तारानाथ आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
शाखाको निर्वाचनमा उपाध्यक्षमा सुवास आचार्य (४३ मत), महिला उपाध्यक्षमा सिर्जना पन्त (५० मत), सचिवमा नारायण रिजाल (४० मत), सहसचिवमा डम्मर बुढामगर (४३ मत) र कोषाध्यक्षमा खेमराज गौतम सुवास (४९ मत) सहित विजयी हुनुभएको हो । समावेशी सचिवमा नवराज परियार निर्विरोध हुनुभएको हो । उहाँहरु सवै सत्तापक्षिय गठबन्धनका उम्मेदवार हुन् ।कार्य समितिको सदस्यमा खुलाबाट अर्जुन कार्की (४८ मत), प्रकाश बराल (४५ मत), प्रदिप पन्त (४७ मत), बालकृष्ण सुवेदी (४० मत), दलितबाट अनिष खाती (३६ मत) र आदिवासी जनजातीबाट संगम घर्ती मगर (५० मत) बिजयी हुनुभएको हो । महिला सदस्यमा मनिषा शर्मा निर्विरोध हुनुभएको छ ।
केन्द्रीय परिषद् महिला सदस्यमा कोपिला कँडेल (४६ मत) र खुल्ला सदस्यमा दिलिप पौडेलले (३९ मत) ल्याएर बिजयी हुनुभएको हो । प्रदेश परिषद् सदस्यमा कृष्ण आचार्यले (५० मत), सुवाश राज पन्त (४७ मत), खिमबहादुर कार्कीले (४४ मत) र चन्द्र गणेश पौडेल (४२ मत) बिजयी हुनुभएको छ । प्रदेश परिषद महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध हुनुभएको हो ।