गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
गलकाेट नगरपालिका १० तल्लाे फुर्से निवासी
स्व. खिम कुमारी शाही (खगी)कि श्रीमान् स्वर्गीय नर बहादुर शाहीकाे यही माघ ११ गते शुक्रबारका दिन ८९ बर्षकाे उमेरमा भएको निधनले समग्रह वडा बासिलाइ दुखित तुल्याएकाे भन्दै गलकाेट नगरपालिका १० वडा कार्यालयकाे आयाेजनामा ७ औँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
सभामा वडा कार्यालय, पाण्डबखानी मावि, पाण्डबखानी स्वास्थ चाैकी, नेपाली काग्रेस वडा समिति, न्यु घुम्टे एजुकेसनल एकेडेमी, घुम्टे खबर, नव ज्याेति प्रावि, गाेवाने सामुदायिक बन उपभोक्ता समुह लगाएत संघ संस्थाले फाेटाेमा माल्यापन साथै १ मिनेट माैनधारण गदै समवेदना पत्र हस्तान्तरण गरेका थिए।
गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाकाे अध्यक्षता नवीन सुनारकाे सञ्चालनमा सम्पन्न भएको थियो ।