प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएकाे छ ।
त्यस्तै गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानीमा माविमा विहानै देखि पुजा आजा गरि सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएकाे । त्यस्तै नव ज्याति प्राविमा पनि साेहि कार्यक्रम सम्पन्न भएको छ। यता न्यु घुम्टे एजुकेसनल एकेडेमीमा पनि विभिन्न कार्यक्रम सहित सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएकाे छ।
उक्त कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनु भएका पाण्डबखानीका बरिस्ठ समाजसेवी मानसिह छन्त्यालले
थुरै लगानीमा पछिल्लो समयमा यति ठुलाे प्रगती भएको देख्दा सरकारी विद्यालय भन्दा प्राइभेट स्कुलकाे व्यवस्थापन धेरै फरक रहेकाे बताउनु भयाे।
न्यु घुम्टे एजुकेसनल एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा रहेकाे कार्यक्रमकाे संचालन फिन्सिपल तारा काउचाले गर्नु भएको थियाे।