पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार बागलुङ कालीका मन्दिरमा पूजा गरेका छन् । पारिवारिक र धार्मिक भ्रमण भनेर आएका शाहले बुधवार दिउसो १ बजे झण्डै २५ मीनेट मन्दिरको ढोका थुनेरै भित्र पसेर पूजा गरेका थिए ।
बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले उनलाई मन्दिर भित्रै पसेर पुजा गर्ने प्रबन्ध गरेको थियो । उनको सुरक्षाको पनि कडा कडि व्यवस्था थियो । राप्रपा बाहेक कांग्रेस र कम्पयुनिष्टका नेता तथा कार्यकर्ता पनि शाहको स्वागतमा पुगेका थिए ।
कम्तिमा ७ सय मीटर पैदल यात्रा गरेर मन्दिर पुगेका थिए । बाटोमा सयौं नागरिक उपस्थित भएर शाहको स्वागत गरेका थिए । पञ्चेबाजा, भजन समूह र अन्य झाँकीसहित उपस्थित समूहले शाहको जयजयकार गरेका थिए ।
स्थानीय को संयोजकत्वमा ५ सय १ सदस्य रहेको नागरिक स्वागत मूल समारोह समिति मार्फत स्वागतको प्रबन्ध गरिएको थियो । उक्त समिति सहित शिव सेवा लेखेको टिसर्ट र ज्याकेट लगाएका स्वयंसेवक समूहले घेराहालेर उनलाई मन्दिर पु¥याएका थिए । राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतको नारा लगाएका युवाहरु शाहको अघि र पछि लागेका थिए ।