गलकोट नगरपालिकामा भारतिय भुपू सैनिकहरुको लागि हिजो देखि सिजनल पेन्सन क्याम्प सुरु भएको छ ।
भारतीय राजदूताबास पेन्सन वितरण कार्यालय पोखराको आयोजना र भारतिय भुपु सैनिक संघ गलकोटको समन्वयमा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा आजबाट सिजनल पेन्सन क्याम्प सुरु भएको हो ।हिजो क्याम्प सञ्चालनको पहिलो दिन ७ सय ६४ जना भन्दा बढि भारतिय भुपु सैनीकहरुले पेन्सन पट्टा नविकरण गराएको सिजनल पेन्सन क्याम्प सञ्चालन समितिका सचिव एलएस छुम बहादुर थापाले जानकारी दिनुभयो ।पहिलो दिनको सिजनल पेन्सन क्याम्पबाट निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिकाको वडा नम्वर २ र ३, गलकोट नगरपालिका वडा नम्वर ३ र १० का भारतिय भुपु सैनीकहरुले सेवा लिएको थापाले बताउनुभयो ।