सबै महिला तथा बालिकाको लागि अधिकार ,समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ श्री प्राप्ती महिला सञ्जाल गलकोट नगरपालिका ४ ओखरबोटले विविध कार्यक्रमका साथ ११५ औँ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सञ्जालकी अध्यक्ष उमा न्यौपानेको अध्यक्षता नगर प्रमुख भरत शर्मा गैरेको प्रमुख अतिथ्यता र खिमा भण्डारी को सञ्चालनमा सम्पन्न् भयो । कार्यक्रममा प्राप्ती महिला सञ्जालकी सदस्य शान्ति चालिसेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बौल्दै प्रमुख अतिथी श्रदेय नगर प्रमुख श्री भरत शर्मा गैरेले समाजमा रहेका खराब अभ्यास एंवम् प्रथाको कारण किशेरी तथा महिला माथी हुने शारिरीक तथा मानसीक हिंसाका घटना बढ्दै गएको प्रथालाई अन्त्य गर्न सबैको साथ पहल जरुरी रहेको बताउनुभयो । यसै अवसरमा आयोजना गरिएको आमा समुह स्तरिय लोक नृत्य प्रतियोगितामा टोल सुधार आमा समुह प्रथम ,भुमेस्थान आमा समुह द्धितिय र नौलोबिहानी आमा समुह तृतिय भएका छन भने आमा समुह स्तरिय वकृत्वकला प्रतयोगितामा टोल सुधार आमा समुह प्रथम ,कालिका आमा समुह द्धितिय र निलुवा आमा समुह तृतिय भएका छन साथै आमासमुह स्तरिय कुर्सी दोड प्रतियोगिता सम्पन्न भएको थियो ।कार्यक्रम प्राप्ति महिला सञ्जालका अध्यक्ष उमा न्यौपानेको अध्यक्षता, उपाध्यक्ष शान्ति चालिसेको स्वागत र सचिव खिमा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो |कार्यक्रममा कार्यपालिका सदस्य टिका सुवेदी, सञ्जालका सल्लाहकार शिव कुमारी खत्री ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।