गल्कोट : भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङको आयोजना तथा गल्कोट नगरपालिका पशु सेवा शाखाको समन्वयमा गल्कोट नगरपालिका वडा नं १ दुदिलाभाटी र वडा नं २ नरेठाँटीमा पशुमा पुर्ण खोप सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गल्कोट नगरपालिका वडा नं १ मा वडा अध्यक्ष लाल बहादुर रानाको अध्यक्षता र गल्कोट नगरपालिका वड नं २ मा कार्यवहाक वडा अध्यक्ष रूद्र सिंह श्रीसको अध्यक्षतामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङका प्राविधिक खगेन्द्र विकको संचालन सम्पन्न भएको थियो |प्राविधिक अधिकृत केशवराज शर्माको स्वागत मन्तव्य विज्ञ प्रमुख डा. ऋषि राम सापकोटा सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका बाग्लुङका लेखा अधिकृत देव शर्मा, गल्कोट नगरपालिकाका पशु चिकित्सक चिन्तामणि शर्मा , पशु सेवा केन्द्र नरेठाँटीका प्रमुख राजन सुवेदी ,सम्बन्धित वडाका सदस्यहरू ,कर्मचारी र टोल विकास समितिका प्रतिनिधि र पशुपालक अगुवा कृषकको उपस्थिति रहेको थियो ।