बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. ४ ओखरवोटमा आज एक कार्यक्रमका विच उपशाखा कार्यालय स्थापना भएको छ । उक्त कार्यालय गलकोट नगरपालिका वडा नं. ४ ओखरवोट निवासी श्री टिकाराम न्यौपाने घरमा निशुल्क स्थापना भएको छ ।
कार्यक्रममा वोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उप महामन्त्री श्री ढालेन्द« गौतमले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने मुल नाराका साथ रेडक्रस स्थापना भएको र रेडक्रस कर्मीहरुले दुःखमा परेकालाई खुसी र मनले सहयोग गर्नुपर्ने वताउनुभयो । उक्त कार्यक्रममा ग.न.पा.४ का अध्यक्ष श्री वल वहादुर खत्री नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सभापति नवराज गौतमले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा वडा नं. ४ का जनप्रतिनिधि, राजनैतिक दलका अध्यक्ष एंव प्रतिनिधि लगाएतको उपस्थिति थियो ।
कार्यक्रमको सभापत्वि नेपाल रेडक्रस ओखरवोट उपशाखाका सभापति श्री हेमराज गैरेको अध्यक्षता कोषध्यक्ष रविलाल शर्माको स्वागत मन्तव्य र सचिव दोर्णराज पौडेल सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वडा कार्यालयको तर्फबाट रु ११६०० वरावरको जिन्सी सामाग्री उक्त वडाका अध्यक्ष श्री वल बहादुर खत्रीले हस्तान्तरण गर्नुभएको थियो भने कार्यालय उपलब्ध गराउने टिकाराम न्यौपानेलाई सम्मान गरिएको थियो ।