बाग्लुङ जिल्ला गलकोट नगरपालिका ०४ सुन्दरनगरि नुवाकोट ठुलचौर स्थित श्री गल्कोट नगरपालिका वार्ड नं ४ का वडा सदस्य श्री कृष्ण बहादुर भण्डारीले बिगत चार वर्षदेखि किबी खेती गर्दै आउनुभएको छ। उहाँ बडा सदस्य मात्र नभई एक सरल कुशल मेहनती कृषकका रूपमा चिनिनुहुन्छ । हाल उहाँले थप व्यवस्थापनका साथ आफ्नै गाउँ ठाउँमा बाँजो भएको बारीमा करिब २५० बोट किबि खेती गर्दै आउनुभएको छ। उहाँले सुरुवात देखि अहिले सम्ममा झन्डै २२ लाख बराबरको लगानी गर्नु भयको बताउनु भयो । २०७७ सालमा केहि बिरुवा बाट सुरुवात गरेको खेति अहिले ३०० वोट रहेको बताउनु भयो l उचित हावापानि भौगोलिक हिसाबले भरिपुण रहेको उक्त ठाउमा बिस्तार बाजो रहेको जमिन लिजमा लिने र रोजगारिको अबसर दिने गरि अगाडि बढिरहेकाछौ उहा भन्नु हुन्छ l गाउँघरमा अहिले जग्गा बाजो हुँदै गएको छ र ठाउँ अनुसार हावापानी वातावरण मिल्ने भयको हुदा हावापानि अनुसारका विभिन्न फलफुल लगाउने सोच गरेको बताउनु भयो । किबिमा धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा राख्छ । सबै उमेर समुहका व्यक्तिहरुका लागि उपयुक्त फल गर्भवती महिलाको लागि बढी फाइदा जनक हुन्छ । यसको फलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाई उपयुक्त समयमा खान सकिन्छ ।फागुन चैत्र महिनामा तापक्रम बृद्धि हुँदै जाँदा कलिलो मुना पलाउन शुरु गर्दछ, मुनाहरुमा फूल फुल्दछ, फल लाग्न सुरु हुन्छ, हागाँहरुको वृद्धि हुन्छ र असोज, कार्तिक लागेपछि वृद्धि रोकिन्छ । मंसिर, पौष महिनामा तापक्रम घट्न थालेपछि यसको पात झर्दछ र सुषुप्त अवस्थामा जान्छ l अहिले उहाँ ले किवी बोट लहरा जाने र थाँक्रो चाहिने भएकोले करिव ६—७ फिट अग्लो भएपछि माथी पट्टी ‘टि’ आकारको जि आई पाइप गाडेर कम्तीमा ३ लाइन मोटो तार टाँगी दिनु भएको छ। यसो गर्दा किवीको लहरा तार माथि फैलने हुनाले फल टिप्न र अन्य व्यवस्थापनको काम गर्न सजिलो हुने बताउनु हुन्छ l नेपालमा यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नका लागि कृषकहरूलाई आवश्यक प्रशिक्षण र सहयोग प्रदान गर्न आवश्यक रहेको र किबी खेतीलाई प्रोत्साहन गर्न सरकार, अनुसन्धान संस्थाहरू र गैर–सरकारी संस्थाहरूले सक्रिय भूमिका खेल्नु पर्दछ। सही योजना बनाएर प्रयास गरेको खण्डमा आगामी दिनमा नेपालमा किबी खेतीले गति लिन सक्ने उहाँले बताउनु भयो l