गलकोट नगरपालिका वडा नम्वर ३ घट्टेखोलामा स्कुटी दुर्घटना भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट भैंसे पुल तर्फ जाँदै गरेको गण्डकी प्रदेश ०२००१ प ०१७४ नम्वरको स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।दुर्घटना हुँदा स्कुटरमा सवार चालक देवदह नगरपालिका रुपन्देहीका ४४ वर्षिय खडक बहादुर अधिकारी र गलकोट नगरपालिका नम्वर ३ का करिब ५९ वर्षिय जोवन बोहोरा घाईते भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । घाईते मध्ये रुपन्देहीका अधिकारीलाई थप उपचारका लागि पोखरा रेफर गरिएको छ भने बोहोराको गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।