बाग्लुङ जिल्ला गलकोट नगरपालिका वार्ड नं ४ मा गल्कोट नगरपालिकाका स्वास्थ्य शाखाबाट वार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
जस अन्तर्गत स्वास्थ्य संस्थामा पुग्न नसक्ने ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो l उक्त कार्यक्रम गलकोट नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेल ले भौगोलिक बिकट्ता जेष्ठ नागरिकहरू आफै स्वास्थ्य संस्थासम्म हिडुल गर्न नसक्ने भएकाले सहजकताका लागि घरमै गएर सेवा प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार प्रेसर सुगर पिसाब जाँच जस्तै ग्लुकोज प्रोटिन आँखा जाँच दीर्घरोगी बिरामीको औषधि सम्पूर्ण जानकारी पाउन सक्ने बताउनुभएको छ।|
कार्यक्रममा 43 जनाको चेक जाँच गरिएको थियो l उक्त कार्यक्रमा बौर आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख गणेश सुनारका अनुसार उपचार गरेका धेरैजसो बिरामीमा रक्तचाप मधुमेह प्रेसर सुगर खोकी लगायत दीर्घ रोगको समस्या बढी देखेएकाले नियमित औषधि सेवन, जीवनशैली परिवर्तन, नियमित स्वास्थ्य जाँच, समेत गराउनुपर्ने परामर्श दिनुभएको थियो। खानपान अन्तर्गत नुनको कम सेवन ५ ग्राम प्रतिदिन, कम्तीमा आधा घण्टासम्म व्यायाम, तौल नियन्त्रण, गर्ने औषधि सेवन हचुवाको भरमा अन्धधुन्द प्रयोग नगर्ने, साथै यस कार्यक्रमले स्वास्थ्य संस्थाको सेवाप्रति विश्वसनीयता समेत बढेको अनुभूति भएको जानकारी गराउनुभयो साथै आँखामा मोतिबिन्दु देखिएका बिरामीहरूका लागि नजिकैको गल्कोट नगर आँखा अस्पताल मा समन्वय गरि निःशुल्क शल्यक्रिया समेत गराउन पहल गर्ने जानकारी गराउनुभयो साथै खानपानमा विशेष ध्यान दिन आग्रह गरिएको सुनारले बताउनुभएको छ l
कार्यक्रम बौर आधारभुत स्वास्थ्य केन्द्र का अहेब इश्वर पुन र अनमि कृष्ण खत्री को सन्चालन मा सम्पन्न भएको थियो l

