केहिबेर अघि बाग्लुङ्गको तमानखोला गाउँपालिकामा जिप दुर्घटना भएको छ । सो पालिका वडा नम्बर –२ को कटेरीमा ग१ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना पाँच जना घम्भीर घाईते भएको स्थानीयले बताए पनि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले भने पुष्टि गरेको छैन ।
जीप उकालोमा ब्रेक फेल भई सडकमा नै पल्टिन गएको थियो निम्न घाईतेहरू:-दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।
त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
घाइतेमध्ये सहायक प्रशासकीय मुना विक र प्राविधिक साहयक नवीन मल्लको अवस्था गम्भीर रहेको छ l