गलकाेट नगरपालिका १० पाण्डबखानीमा झुन्डिएर एक जनाको मृत्यु भएको छ ।
पाण्डबखानी अवस्थित तल्लो फुर्से निवासी २४ वर्षिय तारा पुन आफ्नै सुत्ने कोठामा डोरिले पासो लगाई झुन्डिएर मृत अबस्थामा रहेको घरपरिवारले थाहा पाए लगत्तै इलाका प्रहरी हरिचाैरलाइ खबर गरिपछि प्रहरी नियक्षक देवराज काफ्लेको टोली घटना स्थलमा पुगि घटना मुचुल्का तयार गरि पोष्टमार्टमको लागि गल्कोट नगर हस्पितल हरिचाैरमा पठाइकाे छ भने, थप अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक काफ्लेले जानकारी गराउनु भयाे।
यसैविच घटना स्थलमै संविधान सभा २०६४ का सदस्य माननीय नर बहादुर पुन “निरज” वडा अध्यक्ष, विभिन्न आमा समुहमा आबद्ध महिलाहरू, पत्रकार लगायत स्थानीय बासीहरूको उपस्थितिमा प्रहरी निरीक्षक देवराज काफ्लेले आत्महत्या न्युनिकरण सम्बन्धी विषयमा प्रशिक्षण समेत प्रदान गर्नु भएकाे थियाे।
