बाग्लुङ जिल्ला गलकोट नगरपालिका ०४ चमुवा मा एक घर एक धारा अभियान अन्तर्गत खानेपानी वितरणका लागि सात वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ ।
दमार खानेपानी तथा सरसफाई उपभोक्ता समिति र खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालयबाट विनियोजित रकमबाट १०० घरमा पानी वितरण गरिएको हो l
घरको आगनमा धारा जडानले सरसफाई सँगै खेर गएको पानी करेसा बारीमा प्रयोग गर्न सकिने सोही उपभोक्ता समितिका अध्यक्ष हेमराज गैरेले जानकारी दिनुभयो l
अव्यवस्थित रूपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यश गाउँका स्थानीयहरू खुसी भएका छन्। हामिले सामुदायिक धारामा पानीको पालो समेत कुर्नुपर्ने बाध्यता थियो अब सरल हुने भयो स्थानीय यमलाल सुवेदी बताएका छन्
आगामी अर्को वर्षमा थप बजेटअनुसार बाँकी रहेका घरमा पानी वितरण गरिने सोही खानेपानीका सचिव डिलाराम सुवेदीले जानकारी गराउनुभएको थियो।