गलकाेट नगरपालिका १० पाण्डखानीमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)काे आयाेजनामा बनभाेज तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)पाण्डबखानीका वडा अध्यक्ष ज्ञानबहादुर काउचाकाे अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) पाण्डबखानीका ईन्चार्ज छम बहादुर काउचाले पार्टीकाे विषयमबस्तु बारे जानकारी गराउदै अबकाे दिनहरुमा एकताबद्ध भएर लाग्नुपर्नेमा जाेड् दिनु भएको थियाे र सिंगो देशनै माओवादीमय बनेकाे अवस्थामा पार्टीका साथीहरूलाई नआत्तिन आग्रह गर्नु भएको थियाे।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)
नगरका अध्यक्ष गंगाबहादुर बुझेलले व्यवस्था बदलिए पनि समाज नबदलिएकाे बताउदै कुरिती र यस्ता व्यवस्था अन्तय गर्नुपर्छ भन्ने धारणा राख्दै अब एकताकाे सन्देश बाहिर ल्याउनु पर्नेमा जाेड् दिनु भएको थियाे। भने कार्यक्रमकाे संचालन नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) नगर सचिव विष्णु काउचाले गर्नु भएको थियाे।