मासु खाने प्रयोजनका लागि गोरु काट्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङले सात जनालाई पक्राउ गरेको छ ।बागलुङ : बरेङ गाउँपालिका वडा नं. २ खिरकटेरीका ४१ बर्शिय सिता सार्की, सोही ठाउँका ५५ वर्षिय मित्रलाल सार्की, ४२ वर्षिय मनबहादुर सार्की, ५३ वर्षिय जुना सार्की, ४६ वर्षिय कुमारी सार्की, बरेङ ५ तितेपाखाका २८ वर्षिय सन्तोष सामत र एक १७ वर्षिय बागलुङ तेत्तिसलाई मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटेर भाग लगाईरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (प्रनाउ) बसन्त पाण्डेले जानकारी दिए ।
खिरकटेरीस्थित सिता सार्कीको गोठ नजिकै बिहिबार राती झण्डै पौने १० बजेको समयमा गोरु काटिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ पाण्डेले बताए ।
इलाका प्रहरी कार्यालय बरेङडाँडा र प्रहरी चौकी सुदालाको टोलीले गोरु काटेर, भाग लगाउँदै गर्दा पक्राउ गरेको हो । प्रहरीले गोरु काट्न प्रयोग गरिएको बञ्चरो, हँसिया र चुक्कु समेत बरामद गरेको छ ।