गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेका छन् बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वडा नम्बर ४ चमुवामा रहेको चमुवा फाँटमा यतिबेला रोपाई सुरु भएको छ। रोपाई काम मात्र नभएर किसानहरूका निम्ति एउटा उत्सवको अवसर पनि हो। रोपाई भनेको “मानो रोपेर मुरी उब्जाउने´´ भन्ने कथन पनि प्रचलित छ।
गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो। तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन्। बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन। हिजोआज यो सुविधा गाउँ गाउँसम्म पनि पुगेको छ। आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराउदै गएको छ|
गाउँ गाउँमा खेतबारी जोत्ने उपकरण पुगेपछि हल गोरु विस्थापित हुँदै गएका हुन्।एकै परिवारले २ हलसम्म गोरु पाल्ने गरेकामा अहिले एक हल पनि पाल्दैनन् l पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगमा आएको छ।
गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनीटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने स्थानीय हेमराज गैरेले बताए l
गाउँका हरेक किसानका घरमा न्यूनतम पनि एक हल गोरु हुने गर्दथे अचेल गाउँभरिमा हल गोरु पाउन मुस्किल हुने गैरे बताउँछन्।तिन वर्षसम्म मिनीटेलरले जोतेर मकै, र गहुँ लगाएको सुनाउँदै पहिलेको तुलनामा झण्डै आधा घटेको बताए l प्रबिधिको विकास हुनु राम्रो हो, तर पुरानो परम्परालाई छोडेर सबै नयाँ अँगाल्नु पनि हुँदैन,गोरुले जोत्दा गहिरो गरी जोतिन्छ,गैरेले भन्नू भयो पहिलेजस्तो गोरु पनि पाइन छाडे, गोरु खोज्न पनि लेकतिर जानुपर्ने अवस्था आएको छ।