गल्कोट नगरपालिका वार्ड नं ३ मा रहेको बौरा मा शिवशक्ति ट्रेडर्स पेट्रोल पम्प सञ्चालनमा आएको छ।
गल्कोट नगरपालिका ३ को बौरामा शिवशक्ति ट्रेडर्स पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो। यसअघि गल्कोटमा पेट्रोल पम्प नहुँदा स्थानीयहरूले ड्रम र जर्किनबाट तेल खरिद गर्दै आएका थिए।लामो समयको आरोह अवरोह पछि सेवा सुचारु हुन लागे सँगै मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने सवारी साधनलाई सहज हुने छ l अब भने नियमित र सुरक्षित शुद्ध इन्धनको आपूर्ति हुने आशा गरिएको छ|
गलकोट नगरपालिकामा गण्डकी प्रदेशका सांसद् जित बहादुर शेरचनले गलकोट शिव शक्ति ट्रेडस् उद्घाटन गर्नुभएको हो l कार्यक्रममा गण्डकी प्रदेशका सांसद् जित बहादुर शेरचनले गलकोट नगरपालिकामा पेट्रोल पम्प सञ्चालनमा आउनु नगरपालिकाका लागि सामाजिक र आर्थिक विकासको मेरुदण्ड भएको र नेपाल आयल निगमअन्तर्गतको पेट्रोल पम्प सञ्चालनमा आउनु सुखद पक्ष भएको बताए। कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले गलकोटमा यस्ता सेवा केन्द्र विस्तारले नगरको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने र सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बैंकजस्ता संस्थाहरूको सवारीसाधन चलाउन सहजता आउनेछ,’निउरेले बताउनु भएको थियो l
उक्त गलकोट शिव शक्ति ट्रेडस्बाट पेट्रोल, डिजेल, लुब्रिकेन्स, रेष्टुरेन्ट, मिनिमार्ट र एटिएम सेवा सञ्चालन हुने जनाईएको छ ।
पम्प सञ्चालक तारा बोहोरा ले दुई वर्षअघिदेखि सुरु गरेको प्रयास अहिले सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ। ऊहाँले ‘सबैको सहयोग र साथले आज यो सम्भव भएको समेत बताउनु भएको थियो l
कार्यक्रममा गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष ढालिन्द्र प्रसाद गौतम, पेट्रोलियम एसोसियसन गण्डकी प्रदेशका अध्यक्ष मोहन सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम गलकोट शिव शक्ति ट्रेडस्का सञ्चालक तारा बहादुर बोहोरा क्षेत्रीको अध्यक्षता, नेपाल आयल निगम गण्डकी प्रदेशका प्रमुख राम कुमार न्यौपानेको स्वागत र नन्दराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

