राजस्थानको चुरू जिल्लाको रतनगढमा भारतीय वायुसेनाको लडाकु विमान ‘ज्यागुआर’ दुर्घटनाग्रस्त भएको छ । बुधबार दिउँसो भएको विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ ।
घटनासँग सम्बन्धित तस्बिरहरूमा रतनगढको भानुडा गाउँमा विमानको भग्नावशेष टाढाटाढासम्म छरिएको देखिन्छ ।
भारतीय वायु सेनाको मिडिया कोअर्डिनेसन सेन्टरले एक्समा एक पोस्ट गर्दै भनेको छ, “भारतीय वायुसेनाको एक जगुआर ट्रेनर विमान आज राजस्थानको चुरूनजिकै नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ ।

