गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नेपाल टेलिकमकाे टावर संचालनमा आएकाे छ। गत २५ गते राति घाेप्टे खाेला जलविद्युत आयाेजनमा रहेकाे ट्रान्सर्फमर चट्याङका कारण जलेकाे थियाे। ट्रास्मिटर जल्दा पाण्डबखानीकाे दुङ्गिल, फुर्से, साेरमने र गलकाेट नगरपालिका ७ झिर्काका केही समुदाय अन्धारमा बस्नुका साथै पाण्डबखानी गाउँनै नमस्ते टावरबाट बन्चित भएका थिए। स्थानीयहरुले लामाे समय सम्म प्रयास गर्दा पनि नबनेपछि १२ दिनपछि प्राविधिक टाेलि आएर नया ट्रान्सर्फमर राखेपछि विद्युत संगै नमस्ते टावर संचालनमा आउदा यश क्षेत्रका समुदाय हर्षित देखिएका छन् नया ट्रान्सर्फमर राख्दा र विभिन्न सामाग्री ल्याउदा करिव २ लाख ५० हजार क्षति भएकाे स्थानीय छमबहादुर काउचाले जानकारी दिनु भयाे।
त्यस्तै टावरकाे लागि केन्द्रीय विद्युत आवश्यक रहेकाे भन्दै नेपाल टेलिकम बागलुङका प्रमुख सन्ताेस बरालका अनुसार विद्युत कार्याल बागलुङलाई विद्युत मागकाे लागि पत्र पठाइ सकेकाे जानकारी दिनु भयाे।
🗓️ २०८२ माघ १८ आईतवार 🕝०७: ५७ मध्यान्ह

