गलकोट नगरपालिका–१० सुनपानीस्थित प्रगतिशील आमा समूहलाई कृषि ज्ञान केन्द्र बागलुङले मकै बाली क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत २०८१/८२ सालको अनुदान उपलब्ध गराएको छ।
आमा समूहकी अध्यक्ष ज्ञानु छन्त्यालका अनुसार सामाग्री ल्याउन तथा मर्मत गर्न करिब ३० हजार रुपैयाँ खर्च भएको छ। विगतमा भारि बोकेर लामो दुरी पैदल यात्रा गर्दै लाइनमा बस्नुपर्ने बाध्यता रहे पनि अहिले घरदैलोमै कुटाइ–पिसाइ गर्न सहज भएको छ।
स्थानीयवासीले प्रविधिसँग जोडिन पाएको र श्रम बचतसँगै उत्पादनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

