जनमभूमि बागलुङको समृद्धिको लागि हातेमालो
भन्ने नारासहित बागलुङ जिल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतियोगिता आगामी असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म बागलुङ बजारमा हुने भएको हो प्रतियोगितामा उत्कृष्ट टोली तथा खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रथम स्थान रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय स्थान रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय स्थान रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र
त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भिसर, उत्कृष्ट मिडल ब्लकर, उत्कृष्ट डिफेन्स र उदयमान खेलाडीलाई समेत नगदसहित सम्मान गरिनेछ। अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा हुन लागेको प्रतियोगिताको व्यवस्थापन जिल्ला भलिबल संघ, बागलुङले गर्नेछ। खेलकुद संयोजकमा राजु थापा र किशोर थापा रहेका छन्।
आयोजक संस्थाका अध्यक्ष गंगा शर्माका अनुसार, यो प्रतियोगिता बागलुङको खेलकुद इतिहासमा नयाँ ऊर्जा थप्ने छ भने, स्थानीय युवा प्रतिभालाई प्रोत्साहन र समुदायबीच एकता सुदृढ गर्ने उद्देश्य बोकेको छ।
