गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा नेपाली कांग्रेस वडा कार्यसमिति ११ को आयोजनामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
भेटघाट कार्यक्रममा बोल्दे गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचनले करिब ८.५ किलोमिटर सडकलाई प्राथमिकतामा राख्दै खानेपानीलाई विशेष तथा पहिलो प्राथमिकता दिएर पहिलो चरणमै लिफ्टिङ गर्ने योजना रहेको बताउनुभयो ।
सो अवसरमा बोल्ने अधिकांश वक्ताहरुले वडाको सबैभन्दा ठूलो समस्या नै खानेपानी रहेको भन्दै तत्काल समाधानका लागि बजेटको माग गरेका थिए ।

