गलकोट नगरपालिका–३ छहरेखोलामा आज सवारी दुर्घटना हुँदा एक छात्रा घाइते भएकी छन्।
ग१ क ६४४३ नम्बरको स्कुल बस (हटियाबाट) र ग३ च २५०९ नम्बरको स्काइवु (बुर्तिबाङ–काठमाडौं रुट) बाटोमा गुडिरहेको समयमा हिँडेकी छात्रा लाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा १८ वर्षीया गलकोट नगरपालिका ७ कि मलिसा नेपाली घाइते भएकी छन्।उनी गल्कोट माध्यामपक बिद्यालयमा अध्यनरत हुन उनको दायाँ घुँडामा सामान्य चोट लागेको छ। अहिले उनलाई गलकोटमा रहेको इमर्जेन्सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

