ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका करिब २४ वर्षिय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षिय मिलन परियार, ४३ वर्षिय बिरवल परियार र २६ वर्षिय दिनेश थापा घाईते हुनुभएको छ ।
घाईते मध्ये २६ वर्षिय थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाईते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ ।
जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो ।
घाइतेको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

