नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् ।
गएराति सिंगापुर एयरलाइन्समार्फत् काठमाडौंबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा दुवै जना ह्विलचेयरमा देखिएका थिए ।
देउवा दम्पती स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका हुन् ।
गत भदौ २४ गते जेन–जेड आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा भएको कुटपिट र आगजनी घटनापछि उनीहरू लामो समय सार्वजनिक थिएनन् । असोज २८ गते मात्र पार्टी केन्द्रीय समिति बैठकमा देखिएका थिए ।
उक्त बैठकपछि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।

