गल्कोट नगरपालिका–१० पाण्डवखानीमा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभा सम्पन्न भएको छ।
सहकारीका अध्यक्ष लालप्रसाद पुनको सभापतित्व
गल्कोट–१० पाण्डवखानीका निवर्तमान वडा अध्यक्ष तथा शेयर सदस्य तिलक घर्तीको प्रमुख आथितियतामा रहेको कार्यक्रममा बोल्दै घर्ती मगरले सहकारीले अपनाइरहेको पारदर्शी कार्यशैली, सेवा विस्तार र सदस्य–हितपूर्ण कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै अझ प्रभावकारी सेवा दिन सुझाव दिएका थिए। त्यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष लालप्रसाद पुनले साधारण सभामा सहकारीका वार्षिक गतिविधि, वित्तीय विवरण तथा आगामी वर्षका कार्ययोजना सार्वजनिक गरिएको थियो।कार्यक्रममा बोल्दै पुनले पदाधि कारीहरूले सहकारीले आर्थिक चेतना फैलाउन, सदस्यलाई वित्तीय पहुँच दिलाउन र समुदायमा बचत संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि रामप्रसाद वि.क,मानसिंह छन्त्याल,चन्द्रकुमारी श्रीस आशा लगाएतले आफ्नो मन्तव्य राखेका थिए।
उनीहरूले सहकारीलाई दीर्घकालीन योजनासहित संस्थागत सुधारमा जोड दिन आग्रह गरेका थिए।
कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष लालप्रसाद पुनले पेश गर्नुभएको थियो,लेखा प्रतिवेदन लेखा संयोजक गिरीप्रसाद घर्तीले प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा स्वागत मन्तव्य सदस्य कुमारी थापा काउचाको रहेको थियो ।कार्यक्रमको सञ्चालन उपाध्यक्ष खिमबहादुर काउचाले गर्नुभएको थियो। सभाको अन्त्यमा अतिथि, पदाधिकारी तथा सदस्यहरूले सहकारीको आगामी कार्यक्षमता, पारदर्शिता र सेवा प्रभावकारिता अझ मजबुत होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
सहकारीले १६औँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।
🗓️ २०८२ माघ १८ आईतवार 🕝१२: १६ मध्यान्ह

