नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ ले प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक प्रतिनिधी सिफारीस गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्षतर्फ बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क बाट ६ र प्रदेश ख बाट ४ जनाको नाम सिफारीस गरेको छ । त्यस्तै समानुपातीकतर्फ प्रदेश क बाट १ जना र ख बाट ३ जनाको नाम सिफारीस गरेको छ । प्रत्यक्षतर्फ बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क बाट ध्रुव गौतम, डिलाराम शर्मा, निरज पुन, मञ्जेश बम मल्ल, डण्डपाणी कडेँल र गिता श्रीसलाई सिफारीस गरेको छ । भने प्रत्यक्षतर्फ बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश ख बाट टेकराज पौडेल, अर्जुन शेरचन, ऋषिराम कडेँल र देवेन्द्र कुमार घर्तीलाई सिफारीस गरेको हो । त्यस्तै समानुपातीकतर्फ प्रदेश क बाट रेनुका काउचा र प्रदेश ख बाट सागर छन्त्याल, भिम कुमारी क्षेत्री र माया केसीलाई सिफारीस गरेको हो ।

