नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवार सिफारिस सार्वजनिक गरेको छ।
प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. २, प्रदेश क बाट गीता श्रीसलाई सिफारिस गरिएको छ। श्रीस उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष हुनुका साथै घुम्टे खबरकी कानुनी सल्लाहकार समेत रहिआएकी छिन्।
यस्तै, प्रत्यक्ष तर्फबाट संविधान सभा सदस्य तथा घुम्टे खबरका संरक्षक रहनुभएका निरज पुनलाई नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ सिफारिस गरेको छ।
समानुपातिकतर्फ प्रदेश क बाट रेनुका काउचा, र प्रदेश ख बाट सागर छन्त्याल, भिम कुमारी क्षेत्री र माया केसीलाई सिफारिस गरिएको छ।

