गलकोट नगरपालिका १० पाण्डबखानी र रमुवामा सञ्चालनमा रहेको भायानेट (Vianet) को पुरानो OLT उपकरण हटाई नयाँ OLT जडान गरिएको छ। साथै पावर क्षमता थप गरी ७ पावरसम्म पुर्याइएको जानकारी पाण्डबखानीका संचालक दीप घर्तिले दिनुभयो। उहाँका अनुसार आगामी दिनमा थप व्यवस्थापन तथा सुधारका कार्यहरू गर्ने तयारीसमेत गरिएको छ।
यस क्रममा पछिल्लो समय देखिएका धेरै प्राविधिक समस्याहरू समाधान भइसकेका छन् भने बाँकी समस्याहरू पनि क्रमशः समाधान गर्ने तयारी भइरहेको प्राविधिक सुरेश छन्त्यालले जानकारी गराउनुभयो। हाल पाण्डबखानी र रमुवा क्षेत्रमा गरी करिब साढे तीन सय (३५०) इन्टरनेट सेवा ग्राहकहरू रहेका छन्।

