गलकोटमा टिपरमा आगोलागी भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ११ काउछेमा लु १ क ४६०८ नम्वरको टिपरमा विहान ९ः३० बजेको समयमा आगोलागी भएको हो ।
विजुलीको तार सट भएर टिपरमा आगोलागी भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । आगो खरबाङ प्रहरी चौकी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिईएको थियो ।
आगोलागी कारण टिपरमा आंशिक रुपमा क्षती भएको जनाईएको छ ।

