काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष तथा नेपाल विद्यार्थी संघ (नेबिसंघ) बागलुङका पूर्व अध्यक्ष खडक थापाकी ममतामयी माता जहिकली थापाको आज बिहान ७३ वर्षको उमेरमा अकस्मात दुःखद निधन भएको छ।
उहाँको निधनले सिङ्गो नेपाली कांग्रेस बागलुङलाई अतुलनीय क्षति पुगेको जिल्ला सभापति जित सेरचनले जानकारी दिनुभएको छ। उहाँले यस दुःखद घटनाले पार्टी पङ्क्ति अत्यन्तै मर्माहत भएको बताउनुभयो। यस शोकपूर्ण घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। यसैबीच, नेपाली कांग्रेस बागलुङका जिल्ला तहका शीर्ष नेताहरूले पार्टीको झण्डा अर्पण गर्दै दिवंगत थापाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।

